रात्रि क्लबमा पुगेर ज्ञानेन्द्रले गरे डान्स

काठमाडौँ । अपूर्वराजा ज्ञानेन्द्र शाहको एक भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उनी ठमेलस्थित नाइट क्लब एलओडीमा पुगेर डान्स गरेको भिडियो भाइरल बनेको हो । परिवारका सदस्यसहित नाइट क्लबमा पुगेका उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका छन् । नाइटक्लबमा पूर्वराजा ज्ञानेन्द्रसहित बुहारी हिमानी, छोरी प्रेरणा पनि देखिएका छन् ।